काठमाडौँ । नेपाल राष्ट्रबैंकले रुपैयाँ १०० दरका नयाँ नोट प्रचलनमा ल्याउने भएको छ । मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै २०८२ मंसिर ११ गतेदेखि रुपैयाँ १०० दरका नयाँ नोट प्रचालनमा आउन लागेको जानकारी गराएका हो ।
साबिककै आकार र रंगमा संकेत नम्बर क २००००००१ देखि घ ४०९९९९९९ सम्म नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्रबैंकबाट रुपैयाँ १०० रुपैयाँ एकसय तुरुन्त पाइनेछ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित देहायबमोजिमका विशेषता भएको नोट चलनचल्तीमा आउन लागेको सूचनामा उल्लेख छ ।
केन्द्रीय बैंकले यसअघि २०७६ असोज ७ गतेदेखि रुपैयाँ १०० दर९सेरिज २०१९०को बैंकनोट संकेत नम्बर ओ १८ ०००००१ देखि क ३७ ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा संकेत नम्बर ओ १८ ०००००१ देखि क १९ ०३४५०० सम्म मात्र चलनचल्तीमा ल्याइएको समेत प्रष्ट पारेको छ ।

































