National life

राष्ट्र बैंकद्वारा डिजिटल फाइनान्स इनोभेसन हब स्थापना

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ चैत २०८१, बिहिबार
480Shares
राष्ट्र बैंकद्वारा डिजिटल फाइनान्स इनोभेसन हब स्थापना
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले (डिजिटल फाइनान्स इनोभेसन हब) स्थापना गरेको छ । बैंकिङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने उद्देश्यले यो हब स्थापना गरिएको राष्ट्र बैंकले जानकारी गराएको छ ।

हबमार्फत डिजिटल फाइनान्सको क्षेत्रमा कार्य गर्ने वित्तीय नवप्रवर्तकहरुलाई विद्यमान नीतिगत एवं नियामकीय व्यवस्थाबारे जानकारी गराउने, सरोकारवालाबाट प्राप्त हुुनेवित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र तिनले ल्याउन सक्ने अवसर एवं चुनौतीको विश्लेषण गरिने केन्द्रीय बैंकले जनाएको छ ।

साथै, हबबाट नियामकीय दृष्टिकोण,नन्-इन्डिङ गाइडेन्स, परामर्श एवं सुझाव प्रदान गर्ने र नियामकसँगको सहज पहुँच विस्तार गरी नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्य राखिएको छ ।

Royal Enfield
nic asia capital
राष्ट्र बैंकले अन्य नियामक तथा सरोकारवाला निकाय र निजी क्षेत्रको समेत सहभागिता हुन सक्ने व्यवस्थासहित डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरिएको जानकारी गराएको छ ।

यो समाचार शेयर गर्नुहोस्
480SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?