काठमाडौं। रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा डा. बुद्धिकुमार मल्ल नियुक्त भएका छन्। माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
कम्पनीका अनुसार मल्लको नियुक्ति फागुन १ गतेदेखि लागू हुनेछ।
यसैगरी, सोही बैठकले हालका सीईओ समाजप्रकाश श्रेष्ठले दिएको राजीनामालाई पनि फागुन १ गतेबाट लागू हुने गरी स्वीकृति प्रदान गरेको जनाएको छ।






































