National life

लक्ष्मी सन्राइज बैंकले मनायो विश्व वातावरण दिवस २०२४

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ जेठ २०८१, सोमबार
759Shares
लक्ष्मी सन्राइज बैंकले मनायो विश्व वातावरण दिवस २०२४
ncell

काठमाडौं । लक्ष्मी सन्राइज बैंकले ‘प्रोजेक्ट फाइभ के’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । सो पहल मार्फत बैंकले यस वर्षको विश्व वातावरण दिवसको आवर ल्याण्ड आवर फ्युचर, वि आर जेनेरेसन रि स्टोरेसन भन्ने नारालाई आत्मसाथ गर्दै देशभर ५,००० रुख रोप्ने लक्ष्य राखेको थियो।

जुन १ देखी ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखाहरूमार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगकॊ सहकार्यमा करिब ६,००० रूखहरू रॊपेकॊ छ । यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक,मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रोजेक्ट फाइभ के सँगै लक्ष्मी सन्राइज बैंकले सोही दिवसमा आफ्नो एभाॊडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो। यस प्रतिवेदनले नवीकरणीय ऊर्जा विशेष गरी जलविद्युतमा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्दछ। यस क्षेत्रमा गरिएको लगानी मार्फत बैंकले कुल २५,१३४।१८ सीओटु कार्बन उत्सर्जन हुनबाट जोगाएको छ।

यो प्रतिवेदन बैंकको कार्बन एकाउन्टिङ फाइनान्सियल पिसीएएफ रिपोर्टकै निरन्तरता पनि हो । लक्ष्मी सन्राइज बैंक २०२१ देखी कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिपमा संलग्न रहेको छ।

यस्तै विभिन्न वातावरणमैत्री पहलहरु अघि बढाउँदै लक्ष्मी सन्राइज बैंकले आफ्नो ग्रिन र रेस्पोन्सिवल मूल्यहरु आत्मसाथ गर्दै ओरेन्ज लभ्स ग्रिन नारालाई मूर्तरूप दिएको छ। वातावरण संरक्षणमा बैंकले गर्दै आएका विभिन्न पहलहरु मध्य एक रहेको प्रोजेक्ट फाइभ के ले बैंकको दिगो वातावरण निर्माण गर्ने लक्ष्यमा टेवा पुर्याउने कुरामा बैंक विश्वस्त छ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
759SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?