National life

लोक सेवाको परीक्षामा चिट चोर्ने एक जना कारवाहीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ असार २०८०, शुक्रबार
580Shares
लोक सेवाको परीक्षामा चिट चोर्ने एक जना कारवाहीमा
ncell

काठमाडौं । लोक सेवा आयोगले परीक्षामा चिट चोर्ने एक जनालाई कारवाही गरेको छ । आयोगले प्रवेश पत्रमा परीक्षालाई सहयोग पुग्ने सामग्री उतार गरेको भन्दै एक जनालाई कारवाही गरेको हो ।

साथै उनलाई आयोगले आगामी एक वर्षको लागि लोक सेवा आयोगबाट लिइने कुनै पनि परीक्षामा सहभागी हुन रोक लगाएको छ ।

आयोगका अनुसार शाखा अधिकृत वा सो सरहको पदको वैशाख २७ देखि २९ गतेसम्म लिइएको लिखित परीक्षामा सहभागी सृजना पन्थीले प्रवेश पत्रको पृष्ठ भागमा परीक्षालाई सहयोग पुग्ने सामग्री उतार गरेको पाईएको छ ।

Royal Enfield
nic asia capital

सोही आधारमा आयोगको ऐन २०७९ को दफा ४१ को १ (क) बमोजिमको कसुर गरेको पाइएको भन्दै उनलाई कारवाही गरिएको आयोगले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
580SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?