काठमाडौँ। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ८ महिना अर्थात् फागुन मसान्तसम्मको अवधिमा ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको यसै अवधिमा बैंकहरुले ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ नाफा कमाएका थिए । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको नाफा २.८१ प्रतिशतले बढेको हो ।
केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तथ्यांक अनुसार आठ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक देखिएको छ। नबिलले ८ महिनामा ४ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले ४ अर्ब ७२ करोड तथा नेपाल इन्भेष्टमेन्ट मेगाले ४ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ ।
यस अवधिमा कृषि विकास बैंकले ७३ करोड ८० लाख रुपैयाँ, एनआइसी एसिया बैंकको नाफा पनि १ अर्ब भन्दा कम कमाएको छ । यस अवधिमा ११ बैंकको बढेको छ भने ९ वटाको नाफामा गिरावट आएको बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

































