काठमाडौं । सहकारी तथा वित्तीय पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न सहकारीबाट ठगिएका बचतकर्ताहरू काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन् ।
दर्शनमा उत्रिएकाहरूले वित्तीय माफियाहरू चाहिँदैन, जनपक्षीय मौद्रिक नीति कायम गर,सहकारीमा बेथिति मच्चाउन पाइँदैन लगायतका नारासहित माइतीघरबाट बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले सहकारीमा बचत गरेको रकमको ग्याण्टी हुनुपर्ने,साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

































