National life

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले ८ महिनामा ८९ अर्ब रुपैयाँ विदेश लगे

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ चैत २०८१, बुधबार
597Shares
विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले ८ महिनामा ८९ अर्ब रुपैयाँ विदेश लगे
ncell

काठमाडौं । नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले ८ महिनाको अवधिमा ८९ अर्ब रुपैयाँ विदेश लागेका छन्।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार फागुन मसान्तसम्म (साउन–फागुन) ८८ अर्ब ९८ करोड रुपैयाँ विद्यार्थीले विदेश लगेका हुन् ।

यस अवधिमा मुलुकको कुल भ्रमण व्यय १ खर्ब ४८ अर्ब रुपैयाँ छ । यसमध्ये शिक्षामा ८९ अर्ब विदेशिएको हो ।

Royal Enfield
nic asia capital
अघिल्लो वर्ष यो अवधिमा भ्रमण व्यय १ खर्ब २२ अर्ब ८१ करोड थियो । जसमध्ये शिक्षातर्फको व्यय ८० अर्ब १४ करोड थियो ।

मुलुकले भ्रमण आयबाट भने ८ महिनामा ५६ अर्ब ७० करोड रुपैयाँ मात्र आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ९।७ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष भ्रमण आय ५१ अर्ब ६९ करोड थियो ।

यसरी आयको तुलनामा व्यय धेरै हुँदा सेवा आय ७५ अर्ब १३ करोड रुपैयाँले घाटामा रहेको समेत देखिएको छ । अघिल्लो वर्ष सोही अवधिमा सेवा आय ४३ अर्ब ६३ करोडले घाटामा थियो ।

यो समाचार शेयर गर्नुहोस्
597SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?