काठमाडौँ । सुनचाँदी व्यवसायीको आन्दोलनका कारण सुनचाँदीको कारोबार ठप्प भएको छ। सुनचाँदीको मुख्य कारोबार हुने न्यूरोडसहित उपत्यकाका अधिकांश स्थानका सुनचाँदी पसल बन्द गरेर व्यवसायी आन्दोलनमा होमिएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन (आइतबार) सुनचाँदीको नयाँ मूल्य समेत निर्धारणमा समेत सार्वजनिक गरेको थिएन । सुनको मूल्य निर्धारण निर्धारित समयभन्दा ढिला गर्नु पनि आन्दोलनकै स्वरूप भएको महासंघका अध्यक्ष अर्जुन रसायलीले जानकारी दिएका छन् ।
आफूहरूका माग सम्बोधन नभएसम्म कारोबार ठप्प हुने रसायलीको भनाई छ।साताको दोस्रो कारोबारका दिन आज ११ः३० हुँदा समेत सुनको मूल्य निर्धारण र सार्वजनिक हुन सकेको छैन ।
अघिल्लो दिन आइतबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको थियो । ढिलागरि सार्वजनिक भएको सुनको मूल्य उक्त दिन प्रतितोला १ लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला २१४० रुपैयाँमा कारोबार भएको थियो ।































