National life

शान्ति र सुरक्षाका लागि नेपाली सेनाद्वारा देशभर कर्फ्यू लागू

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ भदौ २०८२, बुधबार
470Shares
शान्ति र सुरक्षाका लागि नेपाली सेनाद्वारा देशभर कर्फ्यू लागू
ncell

काठमाडौँ । नेपाली सेनाले राष्ट्रव्यापी कर्फ्यू आदेश जारी गरेको छ। राष्ट्रको शान्ति र सुरक्षा जोगाउन कर्फ्यू लागू गरिएको सेनाले जनाएको छ। सेनाको विज्ञप्तिअनुसार, कर्फ्यू आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म लागू हुनेछ। परिस्थिति अनुसार आदेशलाई थप समय कायम गरिने उल्लेख गरिएको छ।

Royal Enfield
nic asia capital

सेनाले आन्दोलनको आडमा केही समूहले सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा तोडफोड, आगजनी, लुटपाट र व्यक्तिमाथि हिंसात्मक आक्रमण गर्ने प्रयास भइरहेको दाबी गरेको छ। यस्तै, बलात्कारलगायत गम्भीर अपराध हुने सम्भावना समेत बढेकाले तत्कालीन सुरक्षा चुनौतीलाई सम्बोधन गर्न कर्फ्यू आवश्यक भएको सेनाको तर्क छ।

कर्फ्यू अवधिमा अत्यावश्यक सेवा—जस्तै एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधन—निषेधाज्ञाबाट मुक्त रहनेछन्।

आन्दोलनको नाममा हुने हिंसात्मक गतिविधि, तोडफोड, लुटपाट वा आगजनीलाई गम्भीर अपराध ठहर गर्दै सेनाले संलग्नलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। साथै, अवकाशप्राप्त सैनिक, सुरक्षाकर्मी, सञ्चारकर्मी र आम नागरिकलाई अफवाहमा नफस्न र केवल आधिकारिक सूचनामा भर पर्न अनुरोध गरिएको छ।

नेपाली सेनाले राष्ट्रिय एकता, सामाजिक सद्भाव र जनजीवनलाई सामान्य बनाउन आफ्नो दायित्वप्रति प्रतिबद्ध रहेको पुनः स्पष्ट पारेको छ।

यो समाचार शेयर गर्नुहोस्
470SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?