National life

सन नेपाल लाइफको खुद बीमाशुल्क आम्दानी १५.७८ %ले बढ्यो ,अन्य सुचक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ साउन २०८१, आइतबार
610Shares
सन नेपाल लाइफको खुद बीमाशुल्क आम्दानी १५.७८ %ले बढ्यो ,अन्य सुचक कस्ता ?
ncell

काठमाडौँ ।सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क आम्दानी भने १५.७८ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधीमा कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। समिक्षा अवधिमा कम्पनीले ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा २६.५३ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले ७८ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चौथो त्रैमाससम्मको यस अवधिमासम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ८४ करोड ९५ लाख रुपैयाँ,अन्य प्रत्यक्ष आम्दानीबाट १ करोड ६८ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ६ करोड ९४ लाख २ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ । कम्पनीको कुल आम्दानी ३ अर्ब ८९ करोड रुपैयाँबाट बढेर ४ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै यस अवधिमा कम्पनीले २ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १०।५९ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा यो रकम २ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ थियो।

कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ८७ करोड ९१ लाख रुपैयाँ बराबरको कुल खर्च गरेको छ। अघिल्लो आवसम्म कम्पनीको कुल खर्च ३ अर्ब ४४ करोड ८९ लाख रुपैयाँ थियो। कम्पनीको महाविपत्ती कोषको आकार १५ करोड ७ लाख रुपैयाँबराबर रहेको छ ।

nic asia capital
रिटेन्ड अर्निङका रुपमा ५० करोड २० लाख रुपैयाँ सञ्चित गरेको कम्पनीले सेयर प्रिमियम शीर्षकमा १ अर्ब २६ करोड रुपैयाँ छुट्टाएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ३४.९४ रुपैयाँ रहेको ईपीएस घटेर १४।५१ रुपैयाँमा खुम्चिएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १५७.८७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५६.०२ रुपैयाँ र पीई अनुपात ३५।२३ गुणा कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
610SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?