काठमाडौं । उपप्रधानमन्त्री एवं तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारीमा समस्या आयो भन्दैमा सहकारी चाहिँदैन भन्ने ठाउँमा पुग्न नहुने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले सहकारी आवश्यक भएकाले कमजोर हुन नदिनेगरी समस्याको गहिराईमा गएर सरकारले सहकारीका समस्या समाधान गर्ने बताए ।
उनले सहकारी क्षेत्रमा समस्या लामो समयदेखि झाँगिदै जाँदा अहिले बाहिर आएको बताए । त्यस्तै आर्थिक पत्रकारहरुको भेटमा उनले शुक्रवार नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति ल्याउन हस्तक्षेप नगरेको समेत जिकिर गरे ।
उनले मौद्रिक नीति राष्ट्र बैंकको क्षेत्राधिकार भित्रको विषय भएकाले अर्थमन्त्रालयले हस्तक्षेप गर्न नमिल्ने बताउँदैँ राष्ट्र बैंकले राम्रो मौद्रिक नीति ल्याउने तयारी गरेकाले शुक्रवार रोकिएको जानकारी आएको बताए । उनले राष्ट्र बैंकले छिटै मौद्रिक राम्रो मौदिक नीति ल्याउने विश्वास रहेको बताए । उनले राष्ट्र बैंक स्वायत्तता संस्था भएकाले क्षेत्राधिकार प्रयोग गर्ने विषयमा हस्तक्षेप हुनुहुँदैन भन्ने आफ्नो मान्यता रहेको बताए ।
उजले वचत तथा ऋण सहकारी संस्थाका वचत कर्ताको बचत संरक्षण गरी समस्या समाधान गर्नुपर्ने अवस्था रहेको बताए । अर्थतन्त्रमा देखिएका समस्याको एक–एक गरेर समस्या समाधान गर्ने तयारीमा सरकार रहेको अर्थमन्त्रीको भनाई छ । उनले सहकारी,भुक्तानी लगायत समग्र अर्थतन्त्रका समस्या समाधान गर्दै जाने बताए ।
उनले भने,’मौद्रिक नीति राष्ट्र बैंकको क्षेत्राधिकार भित्रको विषय हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मैले मौद्रिक नीति ल्याउनुहुन्छ भनेर सोधेको थिए । उहाँले राम्रो मौद्रिक नीति ल्याउने तयारीमा छौं । राष्ट्र बैंकले छिटै मौद्रिक नीति ल्याउँछौं भन्नुभएको छ । छिटै मौद्रिक नीति आउँछ भन्ने विश्वासमा छु । अर्थमन्त्रीले हस्तक्षेप गर्ने कुरामा विश्वास छैन । राष्ट्र बैंक स्वायत्तता संस्था हो । राष्ट्र बैंकको क्षेत्राधिकार प्रयोग गर्ने विषयमा हस्तक्षेप हुनुहुँदैन भन्ने मेरो मान्यता हो । सहकारीमा देखापरेका समस्या तत्काल देखापरेका होइन । लामो समय देखि झाँगिदै गएकाले अहिले देखापरेको हो । सहकारी समस्या छ भन्दैमा अब सहकारी चाहिँदैन भन्ने ठाउँमा पुग्नु हुँदैन ।’
उनले भने, ‘सहकारी आवश्यक छ कमजोर हुन दिनु हुँदैन । सहकारीका समस्या समाधान गर्न सक्नुपर्छ । वचत तथा ऋण सहकारी संस्थाका वचत कर्ताको वचत संरक्षण गरी समस्या समाधान गर्नुपर्ने छ । अर्थतन्त्रमा देखिएका समस्याको एक–एक गरेर समस्या समाधान गर्नुपर्छ त्यो सरकारले गर्छ । सरकार अव सहकारी,भुक्तानी लगायत समग्र अर्थतन्त्रका समस्या समाधान उन्मुख भएर जान्छ । सरकारले समस्या सिर्जना भन्दा पनि किस्ता–किस्तामा समस्या समाधान गरेर जान्छ । सरकार सापेक्षित रुपमा राजनीति स्थिरता कायम गर्दै आर्थिक एजेण्डामा केन्द्रित भएर जाने जान्छ ।’
उनले सरकारले समस्या सिर्जना भन्दा पनि किस्ता–किस्तामा समस्या समाधान गरी सापेक्षित रुपमा राजनीति स्थिरता कायम गर्ने र आर्थिक एजेण्डामा केन्द्रित भएर जाने जानकारी दिए ।





































