National life

सहकारी सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित, आवश्यकता अनुसार कानुन बन्छ : मन्त्री अधिकारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ चैत २०८१, सोमबार
599Shares
सहकारी सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित, आवश्यकता अनुसार कानुन बन्छ : मन्त्री अधिकारी
ncell

काठमाडौँ। राष्ट्रियसभाबाट ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ बहुमतले पारित भएको छ।

आज (सोमवार) राष्ट्रिय सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ बहुमतले पारित भएको हो ।

राष्ट्रियसभाको आजको बैठकमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफलका क्रममा सांसद तुलप्रसाद विश्वकर्माले रु १० करोडभन्दा कम कारोबार हुने सहकारी संस्थाको सञ्चालक समितिका पदाधिकारीको कार्यकाल बढीमा दुई पटकसम्म हुने व्यवस्था गर्नु उचित नहुने धारणा राखेका थिए ।

उक्त छलफलमा सांसदहरू राजेन्द्रलक्ष्मी गैरै, मनरुपा शर्मा, घनश्याम रिजाल, गङ्गाकुमारी बेलबासेले भाग लिएका थिए ।  बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कानुन आवश्यकता अनुसार बनाउने धारणा राखेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?