National life

सिभिलमा थप एकजनाको निधन, उपत्यकामा मृतकको संख्या १४ पुग्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ भदौ २०८२, सोमबार
469Shares
सिभिलमा थप एकजनाको निधन, उपत्यकामा मृतकको संख्या १४ पुग्यो
ncell

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध उत्रिएका जेनजी पुस्ताका प्रदर्शनकारीमध्ये थप एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको छ। यससँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ।

 पछिल्लो विवरणअनुसार सिभिल अस्पतालमा उपचाररत गम्भीर घाइते एकजनाको ज्यान गएपछि मृतकको संख्या १४ पुगेको हो। अस्पताल स्रोतका अनुसार हालसम्म मृत्यु हुनेमध्ये ६ जना राष्ट्रिय ट्रमा सेन्टरमा, ३ जना सिभिल अस्पतालमा, ३ जना एभरेष्ट अस्पतालमा, १ जना काठमाडौं मेडिकल कलेज (केएमसी) मा र १ जना त्रिवि शिक्षण अस्पतालमा रहेका छन्।

Royal Enfield
nic asia capital

घाइतेहरूको संख्या भने अझै यकिन भइसकेको छैन। विभिन्न अस्पतालमा उपचाररत केहीको अवस्था गम्भीर रहेको बताइएको छ। उक्त प्रदर्शन काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म उग्र रूप लिँदा प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र रबरको गोली प्रयोग गरेको थियो। भिड नियन्त्रणका क्रममा केही सुरक्षाकर्मी समेत घाइते भएका छन्।

यो समाचार शेयर गर्नुहोस्
469SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?