काठमाडौँ । आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।
महासंघकाअनुसार सुन तोलामा ५०० रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ तोकिएको छ ।
गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको थियाे ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै १४ सय रुपैयाँ कायम छ ।




































