National life

सुनको मूल्यले तोड्यो यस अघिका सबै रेकर्ड, प्रतितोला कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ चैत २०८१, मङ्गलबार
738Shares
सुनको मूल्यले तोड्यो यस अघिका सबै रेकर्ड, प्रतितोला कति ?
ncell

काठमाडौँ। नेपाली बजारमा (आज) मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  यो मूल्य आजसम्मकै उच्च हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि सुनको मूल्य गत फागुन ३० गते हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १६ डलरले बढ्दै ३ हजार १३ डलर पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको मूल्यको प्रभाव नेपाली बजारमा देखिएको हो । आज यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५० रुपैयाँ कायम भएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
738SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?