काठमाडौँ । आज (शुक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हाे ।
आज छापावाला सुन ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १० रुपैयाँले बढ्दै आज प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।





































