काठमाडौँ। आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। अघिल्लो कारोबार दिन २ हजार ३ सय रुपैयाँले उकालो लागेको सुनको भाउ आज भने घटेर ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ। यससँगै छापावाल सुनको कारोबार प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढाव र विनिमय दरमा आएको परिवर्तनका कारण स्थानीय बजारमा समेत मूल्य समायोजन भएको व्यवसायीहरू बताउँछन्।
सुनसँगै चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी प्रतितोला १२५ रुपैयाँले घट्दै ४ हजार ८६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।






































