काठमाडौँ। आज मंगलबारका दिन घरेलु बजारमा सुनको मूल्य घटेको छ। सोमबारको तुलनामा आज मंगलवार सुनको मूल्य १२ सय रुपैयाँले घटेको हो ।
यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ३ सयमा भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ। चाँदी आज १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ३०० रुपैयाँ कायम भएको छ ।































