काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम आज पनि जारी रहेको छ। हिजोको तुलनामा आज सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन भने सुनको मूल्य २ लाख ९५ हजार २ सय रुपैयाँ कायम थियो, हिजो पनि सुनको भाउ उल्लेख्य रूपमा घटेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला २७० रुपैयाँले घट्दै ४ हजार ७१० रुपैयाँमा किनबेच भइरहेको छ।






































