National life

सुनचाँदी व्यवसायी आन्दोलनको फरक प्रकृति : सुनको दैनिक मूल्य निर्धारण ठप्प

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असार २०८२, आइतबार
535Shares
सुनचाँदी व्यवसायी आन्दोलनको फरक प्रकृति : सुनको दैनिक मूल्य निर्धारण ठप्प
ncell

काठमाडौँ । सटर बन्द गरेर सुनचाँदी व्यवसायीहरू पुनः आन्दोलनमा उत्रिएका कारण सुनको दैनिक मूल्य निर्धारण प्रभावित भएको छ।

आगामी आर्थिक वर्षको विधेयकमा सरकारले सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायीहरूले सटर बन्द गरेर आन्दोलनमा होमिएका छन् ।

न्युरोड लगायतका स्थानहरूमा सुनचाँदी पसल बन्द रहेको छ। विनियोजन विधेयक पास हुँदा पनि आफूहरूको माग सम्बोधन नभएकाले उनीहरूले दोहोराएर आन्दोलन गर्नुपरेको सुनचाँदी व्यवसायीहरूको भनाइ छ।

Royal Enfield
nic asia capital

दैनिक मूल्य निर्धारण समेत बन्द गरेर आन्दोलनरत व्यवसायीले यसलाई समेत आन्दोलनको अर्को रूप भएको जनाएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै व्यवसायीहरूले आन्दोलन सुरु गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै उनीहरूले आन्दोलन स्थगित गरेको भए पनि हाल पुन बेवास्ता गरिएको भन्दै उनीहरूले चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
535SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?