National life

सेबोनले घटाएको ब्रोकर कमिसन आजबाट लागू हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ जेठ २०८१, मङ्गलबार
725Shares
सेबोनले घटाएको ब्रोकर कमिसन आजबाट लागू हुँदै
ncell

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले घटाएको ब्रोकर कमिसन आजबाट लागू हुँदैछ । नेपाल धितोपत्र बोर्डको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको ब्रोकर कमिसन घटाउने निर्णय आजबाट लागू हुन लागेको हो ।

धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकालमा बोर्डले गत कात्तिक १ गते ब्रोकर कमिसनलाई समय सान्दर्भिक बनाउनका लागि केही घटाउने निर्णय गर्दै अर्थमन्त्रालयमा अनुमोदनका लागि सिफारिस गरेको थियो । तर, त्यो फाइल लामो समयसम्म अर्थमन्त्रालयमै अड्किएको थियो ।

Royal Enfield
nic asia capital
अर्थमन्त्रालयको अन्तिम स्वीकृति पछि सेबोनको सञ्चालक समितिको निर्णयानुसार आजदेखि ब्रोकर कमिसन घटाउने निर्णय कार्यान्वयन हुन लागेको हो ।

नयाँ व्यवस्था अनुसार अब लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्म ०.२७ प्रतिशत र १ करोड रुपैयाँ भन्दा माथिको कारोबारमा ०.२४ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्ने हुन्छ ।

सेयर लगानीकर्ताले यसअघि भने ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँमाथिको कारोबारका लागि ०.२७ प्रतिशत ब्रोकर कमिसन बुझाउँदै आएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
725SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?