काठमाडौँ । नेपाल सुनचाँदी महासंघका अनुसार सुनको मूल्यमा गिरावट आएको छ। तोलामै ४ सय रुपैयाँले सुनको मुल्य ओरालो लागेको हो।
आज सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको अवस्था छ।
सुनको मूल्यमा गिरावट आएको बेलामा चाँदीको भने स्थिर रहेको देखिएको छ ।
चाँदीको मुल्इमा भने तोलामा एक हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको अवस्था छ ।
































