National life

स्वास्थ्य बीमा गरेकाले आजदेखि उपचार खर्चको १० प्रतिशत रकम तिर्नुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ माघ २०८०, सोमबार
536Shares
स्वास्थ्य बीमा गरेकाले आजदेखि उपचार खर्चको १० प्रतिशत रकम तिर्नुपर्ने
ncell

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमअन्तर्गत उपचार गर्ने बीमितले आजदेखि उपचार खर्चबापत १० प्रतिशत रकम (सहभुक्तानी) तिर्नुपर्ने भएको छ ।

बोर्डले आजदेखि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा उपभोग गरेबापत लाग्ने खर्चको १० प्रतिशत रकम बीमित बिरामीले आफैँले तिर्नुपर्ने बोर्डका कार्यकारी निर्देशक डा दामोदर बर्सौलाले जानकारी दिए ।

यसअघि बोर्डमा आबद्ध भएकाले कुनै पनि बीमितले उपचार गरेबापत खर्च तिर्नुपर्दैनथ्यो । पाँचजना परिवारसम्म सदस्य भएका परिवारले वार्षिक रु तीन हजार पाँच सयको योगदान रकम तिरी एक लाखसम्मको सुविधा लिनसक्ने व्यवस्था रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि परीक्षणका रुपमा सहभुक्तानी प्रणाली लागू गरिएको बताए ।

“बीमितले अनावश्यक रुपमा चिकित्सकलाई दबाब दिएर स्वास्थ्य परीक्षण गराउन थाले,” उनले भने, “त्यसलाई निरुत्साहित गर्नका लागि आवश्यक मात्र स्वास्थ्य परीक्षण गराउन भनेर बिरामीलाई १० प्रतिशत तिराउने निर्णय गरेका हौँ ।” उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र र २५ शय्यासम्मका अस्पतालमा गरिएको स्वास्थ्य उपचारमा भने बीमितले १० प्रतिशत रकम तिर्न नपर्ने छ ।

सहभुक्तनी प्रणाली सङ्घीय अस्पताल, २५ शय्याभन्दा माथिका प्रदेश र प्रादेशिक अस्पताल र सबै निजी तथा सामुदायिक अस्पतालमा लागू हुनेछ । अहिलेसम्म कूल ७४ लाख ६६ हजार सातजना बीमा आबद्ध रहेको र तीमध्ये ३४ लाख ७६ हजार सात सय ७८ जनाले बीमा कार्यक्रममार्फत स्वास्थ्य सेवा लिएको बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिए । उनका अनुसार अहिले सक्रिय बीमित ४८ लाख ५९ हजार पाँच सय १५ जना रहेका छन् ।

यस्तै अति गरिब, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अति अशक्त, एचआइभी सङ्क्रमित, जटिल क्षयरोगी, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयंसेविकालाई भने सहभुक्तानी प्रणाली (१० प्रतिशत रकम तिनुपर्ने) लागू नगरिने कार्यविधिमा उल्लेख गरिएको छ ।रासस

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
536SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?