National life

स्वास्थ्य बीमाको बाँकी रकम भदौभित्रै भुक्तानी गर्ने सरकारको तयारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२१ साउन २०८३, बिहिबार
1.2kShares
स्वास्थ्य बीमाको बाँकी रकम भदौभित्रै भुक्तानी गर्ने सरकारको तयारी
ncell

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको बाँकी रकम भदौ महिनाभित्रै भुक्तानी गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाएको जनाएको छ। प्रतिनिधिसभा अन्तर्गतको समितिमा मन्त्रालयका सचिवले बीमा प्रणालीलाई व्यवस्थित र दिगो बनाउन विभिन्न सुधारका कदम चालिएको जानकारी दिएका हुन्।

गत आर्थिक वर्षमा बीमाबापत ठूलो रकम भुक्तानी भइसकेको र बाँकी करिब १५ अर्ब रुपैयाँमध्ये अधिकांश भदौभित्रै चुक्ता गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ। साथै, निजी अस्पतालतर्फ जाने खर्च नियन्त्रण गर्दै सरकारी अस्पतालको सेवा सुदृढ गर्ने नीति अवलम्बन गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्रालयका अनुसार बीमा खर्च घट्दै गएको छ र सहभागिता बढाएर कार्यक्रमलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ। औपचारिक क्षेत्रका कर्मचारीलाई अनिवार्य बीमामा ल्याउने, दोहोरो सुविधा रोक्ने तथा आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने योजना समेत अघि सारिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?