काठमाडौँ । पिपुल्स पावर लिमिटेले हकप्रद शेयर निष्काशन गर्नलाई अनुमति पाएको छ । कम्पनीले १ः०.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति दिएको छ।
कम्पनीले कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर रु १०० रुपैयाँ अंकित मूल्यमा जारी गर्ने अनुमति पाएको हो ।
बोर्डले कम्पनीले पेश गरेको हकप्रद निष्काशन सम्बन्धी प्रस्तावलाई स्वीकृति दिँदै शेयर निष्काशनको व्यवस्था तथा विवरण प्रकाशन गर्न सक्ने व्यवस्था मिलाएको छ ।
यस अनुसार, कम्पनीले चाँडै नै आवेदन खुल्ला गर्ने र यससम्बन्धी सूचना सार्वजनिक गर्ने तयारी गरिरहेको छ। कम्पनीले जारी पुँजीको ५० प्रतिशतको दरमा हकप्रद शेयर ल्याउन लागेको हो।
यसअघि कम्पनीले साधारण शेयर सूचीकरण गरी दोस्रो बजारमा कारोबार गर्दै आएको छ। हकप्रद निष्काशनबाट संकलन हुने पुँजी कम्पनीका चालु आयोजना तथा भविष्यका परियोजनामा प्रयोग गरिने बताइएको छ।

































