National life

हिमालयन बैंकले १० करोड इकाई म्युचुअल फण्ड बिक्री गर्दै, प्रतिइकाई कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ साउन २०८०, बुधबार
480Shares
हिमालयन बैंकले १० करोड इकाई म्युचुअल फण्ड बिक्री गर्दै, प्रतिइकाई कति ?
ncell

काठमाडौं । हिमालय बैंकले इकाई म्युचुअल फन्ड बिक्री गर्ने भएको छ । बैंकले सर्वसाधारणमा १० करोड इकाई म्युचुअल फन्ड बिक्री गर्ने भएको हाे ।

बैंकले बिहीबारदेखि प्रतिइकाई १० रुपैयाँ दरका १० करोड इकाई ‘हिमालयन ८०–२९’ म्युचुअल फन्ड बिक्री गर्ने भएको छ ।

कूल निष्काशन इकाई मध्ये एक करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ (पन्ध्र) प्रतिशत इकाईहरु कोष प्रवद्र्घक हिमालयन बैंक लिमिटेडलाई सुरक्षित राखि बाँकी रहेको ८ करोड ५० लाख इकाईहरु स्वीकृत विवरण पुस्तिकाको शर्त अनुसार सार्वजनिक गरिने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक लगानीकर्ताले छिटोमा साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् भने ढिलामा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

‘हिमालयन ८०–२०’ नामक योजनाको कुल लगानी मध्ये ८० प्रतिशत पुँजी तथा वित्त बजारका दीर्घकालीन लगानी मार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २० प्रतिशत पुँजी तथा वित्त बजारको उतार चढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तको आधारमा संचालन गरी लगानी कर्ताहरुलाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने गरी संचालन गर्ने कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
480SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?