National life

हिमालयन लाइफले व्यतित बीमालेखकाे बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१० असोज २०८०, बुधबार
385Shares
हिमालयन लाइफले व्यतित बीमालेखकाे बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने
ncell

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा छुट दिने भएको छ । साविका प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरूमा छुटको व्यवस्था गरेको कम्पनीले जनाएको हो ।

कम्पनीले व्यतित बीमालेखहरू असोज १० गतेदेखि २६ गतेसम्म नविकरण तथा पूनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने कम्पनीले जनाएको छ ।

३ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानामा शतप्रतिशत छुट, ३ वर्षभन्दा माथी ७ वर्षसम्म व्यतित बीमालेखमा ब्याज जरिवानामा ५० प्रतिशत र ७ वर्षभन्दा माथी जतिसुकै अवधिको व्यतित बीमालेखमा ब्याज जरिवानामा २५ प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस किसिमको व्यतित बीमालेख पूनर्जागरण गर्दा दिईएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र लागु हुने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
385SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?