National life

हेटौंडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ कात्तिक २०८१, शनिबार
541Shares
हेटौंडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द
ncell

ल्भउबष् िएबष्कब

मकवानपुर ९हेटौंडा०, ः हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतसम्भार गर्नुपर्ने जनाउँदै ३ हप्ताका लागि उत्पादन बन्द गरेको छ । बडादसैंको बिदालगत्तै उद्योग सञ्चालन गरिए पनि क्लिनिकलर मेसिनलगायत विभिन्न उपकरणको तत्काल मर्मतसम्भार गर्नुपर्ने अवस्था आएकाले शुक्रबारदेखि उत्पादन बन्द गर्नुपरेको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिए ।

उपकरण मर्मत सकिएलगत्तै उत्पादन सुरु गरिने उनले बताए । “उद्योगलाई आवश्यकपर्ने करिब ४ सय मेट्रिक टन कच्चापदार्थ कोइला जगेडा राखिएको र बाँकी थप कोइला खरिद गर्न बोलपत्र आह्वान गरी सम्बन्धित पक्षलाई स्वीकृति प्रदान गरिसकेका छौं, त्यसैले मर्मत सकिएलगत्तै काम सुरु गर्छौं”, महाप्रबन्धक पाण्डेले बताए ।

उक्त उद्योग करिब साढे २ महिनाअघि आर्थिक अभावले बन्द भएकोमा भदौ तेस्रो सातादेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेर भण्डार गरिएको, अहिले उत्पादित सिमेन्टको बोरामा प्याकिङ गरी काठमाडौंलगायत विभिन्न सहरमा पठाउने काम भइरहेको नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।

विसं २०३३ मा हेटौंडाको लामसुरेमा तत्कालीन श्री ५ सरकारले १ अर्ब ५० करोडको लगानीमा उद्योग स्थापना गरी विसं २०४३ मंसीर २६ गतेदेखि व्यावसायिक उत्पादन सुरु भएको थियो । हाल यस उद्योगमा प्रशासन, भण्डारण, बजार व्यवस्थापन, चुनढुंगा खानी र मजदुर कर्मचारीलगायत १८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन् । उद्योगसँग दैनिक १८ हजार बोरा उत्पादन गर्ने क्षमता भए पनि पछिल्लो समय १० हजार बोरामात्र उत्पादन हुने गरेको जनाइएको छ ।रासस

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
541SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?