National life

२०८३ सालका लागि आधिकारिक पात्रो सार्वजनिक: मुख्य चाडपर्व कुन-कुन दिन पर्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०२ फागुन २०८२, शनिबार
8.4kShares
२०८३ सालका लागि आधिकारिक पात्रो सार्वजनिक: मुख्य चाडपर्व कुन-कुन दिन पर्छ ?
ncell

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विक्रम संवत् २०८३ सालका लागि आधिकारिक पात्रो सार्वजनिक गर्दै वर्षभर मनाइने प्रमुख चाडपर्व, व्रत तथा जात्राको तिथि–मिति निर्धारण गरेको छ। समितिको निर्णयसँगै सरकारी बिदा, धार्मिक अनुष्ठान र विभिन्न सांस्कृतिक कार्यक्रमको तयारीसमेत यही तालिकाअनुसार अघि बढ्नेछन्।












3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield


समितिका अनुसार वैशाख ४ गते मातातीर्थ औँसी परेको छ। यस दिन आमाको सम्मानमा मातातीर्थमा स्नान गरी श्रद्धा प्रकट गर्ने चलन छ। वैशाख ७ गते अक्षय तृतीया परेको छ, जसलाई त्रेतायुग प्रारम्भ भएको दिनका रूपमा मानिन्छ। वैशाख १८ गते गौतम बुद्ध जयन्ती, चण्डीपूर्णिमा तथा उभौली पर्व एकै दिन परेको छ।


आषाढ ११ गते निर्जला एकादशी व्रत रहनेछ। परम्पराअनुसार यस दिन तुलसीको दल राखिन्छ।


साउन १ गते श्रावण सङ्क्रान्ति अर्थात् लुतो फाल्ने दिन हो। साउन ९ गते हरिशयनी एकादशी परेकाले तुलसी रोपण गरिनेछ र यही दिनबाट चतुर्मास व्रत सुरु हुन्छ। साउन १३ गते गुरुपूर्णिमा तथा व्यास जयन्ती मनाइनेछ भने २८ गतेदेखि गुँला धर्म आरम्भ हुनेछ।


भदौ महिनामा १ गते नागपञ्चमी, १२ गते रक्षाबन्धन तथा जनैपूर्णिमा, १३ गते गाईजात्रा, १९ गते श्रीकृष्ण जन्माष्टमी, २६ गते कुशे औँसी (बुवाको मुख हेर्ने दिन), २८ गते दर खाने दिन, २९ गते हरितालिका तीज र ३० गते ऋषिपञ्चमी परेको समितिले जनाएको छ।


असोज १ गते विश्वकर्मा पूजा पर्छ। असोज ११ गतेदेखि सोह्रश्राद्ध सुरु भई २४ गते औँसी श्राद्धपछि पितृ विसर्जन गरिनेछ। असोज २५ गते घटस्थापनासँगै दसैँ विधिवत् रूपमा आरम्भ हुनेछ। असोज ३१ गते फूलपाती, कार्तिक १ गते महाअष्टमी, ३ गते महानवमी र ४ गते विजयादशमी मनाइनेछ। कार्तिक ८ गते कोजाग्रत पूर्णिमासँगै दसैँ समापन हुनेछ।


कार्तिक २० गतेबाट तिहार सुरु हुनेछ। २१ गते काग तिहार, २२ गते कुकुर तिहार र लक्ष्मी पूजा, २३ गते गाई पूजा, २४ गते गोवर्धन पूजा र म्ह पूजा तथा नेपाल संवत् ११४७ को नयाँ वर्ष आरम्भ हुनेछ। २५ गते भाइटीका मनाइन्छ।


मंसिर ४ गते हरिबोधनी एकादशीका अवसरमा तुलसी विवाह हुनेछ। मंसिर २१ गते बालाचतुर्दशी र २८ गते विवाह पञ्चमी पर्छ, जसको विशेष रौनक जनकपुर मा देखिन्छ।


पुस ९ गते धान्यपूर्णिमा, धान्यपर्वतदान तथा उधौली पर्व मनाइनेछ। माघ १ गते माघे सङ्क्रान्ति तथा माघी पर्वसँगै उत्तरायण सुरु हुन्छ। माघ ८ गतेदेखि श्रीस्वस्थानी व्रत र माघ स्नान आरम्भ हुनेछ। माघ २४ गते सोनाम ल्होसार र २८ गते वसन्त पञ्चमी (श्रीपञ्चमी) परेको छ।


फाल्गुन ८ गते श्रीस्वस्थानी व्रत तथा माघ स्नान समापन हुनेछ। फाल्गुन २२ गते महाशिवरात्रि र २५ गते ग्याल्पो ल्होसार मनाइनेछ।


चैत्र ७ गते पहाडी जिल्लामा फागु पूर्णिमा (होली) र ८ गते तराई क्षेत्रमा होली मनाइन्छ। चैत्र २३ गते घोडेजात्रा पर्व पर्ने समितिले जनाएको छ।







# नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति
यो समाचार शेयर गर्नुहोस्
8.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?