National life

नेपाल लाइफको दुई आवको साधारण सभा बस्दै, यस्ता छन् अजेण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ असार २०८१, मङ्गलबार
673Shares
नेपाल लाइफको दुई आवको साधारण सभा बस्दै, यस्ता छन् अजेण्डा
ncell

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई आर्थिक वर्षको साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको २३ औं र २४ ओं वार्षिक साधारण सभा आज एकैपटक आयोजना हुन लागेको हो ।

कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले यी दुई आवको साधारण सभाको मिति तय गरेको थियो । यी दुवै साधारण सभा आज वीरगंजमा रहेको होटल भिष्वामा बिहान ९ बजे आयोजना हुँदैछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त सभामा आव २०७९र८० का लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्तापूँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साथै, सभामा कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह (क) का सेयरधनीबाट ३ जना सञ्चालक, सर्वसाधारण समूह (ख) का सेयरधनीका तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधनको विशेष प्रस्ताव पारित गरिनेछ।

कम्पनी नियमावलीमा गरिने संशोधन माथि नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम नियमावलीमा आवश्यक संशोधन÷परिमार्जन गर्नु परेमा सोको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव समेत पारित हुनेछ ।

यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा पेश गरिने आव २०७८र७९ र आव २०७९र८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७८र७९ र आव २०७९र८० को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

सभामा आव २०७९र८० का लागि नियुक्त भएको लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गर्ने र चालु आर्थिक वर्ष २०८०र८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले गत असार ४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसर्थ असार ३ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?