हेटौँडा । मकवानपुरको भिमफेदी कारागारबाट गएराति २६० कैदीबन्दी भागेका छन् । भीमफेदीका कैदीबन्दी मध्यरातमा सुरक्षा घेरा तोडेर भागेका हुन् ।
कैदीबन्दी भाग्न थालेपछि कारागारमा तनावको स्थिति सिर्जना भएको थियो । कारागारको पर्खाल तोडेर भाग्न खोज्ने क्रममा नेपाली सेनाले २०० बढी हवाई फायर गरेको थियो ।
घटनापछि कारागारमा ठूलो क्षति पुगेको छ। उनका अनुसार, गएराति करिब १२स:२५ बजे कारागारको क ब्लकमा रहेका कैदीबन्दीहरूले सिलाइकटाइ मेसिन रहेको कोठाको गेटको बार ह्याक्सो ब्लेडले काटेर भाग्ने प्रयास गरेका थिए।


































