National life

अपि पावरको आफ्नै केन्द्रीय कार्यालय ‘अपि टावर’ बनाउँदै, दुई वर्षभित्र निर्माण लक्ष्य

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२३ कात्तिक २०८२, आइतबार
1.2kShares
अपि पावरको आफ्नै केन्द्रीय कार्यालय ‘अपि टावर’ बनाउँदै, दुई वर्षभित्र निर्माण लक्ष्य
ncell

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले अब आफ्नै केन्द्रीय कार्यालय भवन ‘अपि टावर’ निर्माणको प्रक्रिया सुरु गरेको छ । कम्पनीले काठमाडौँ उपत्यकाको नयाँबानेश्वरमा २० आना जग्गा खरिद गरी भवन निर्माणको सिलान्यास गरेको हो ।

कम्पनीले अपि टावर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । कातिक २१ गते सम्पन्न सिलान्यास कार्यक्रममा कम्पनीका अध्यक्ष सिर्जना खड्काले भवनलाई कम्पनीको ऐतिहासिक उपलब्धि भन्दै यसले ‘अपि पावरको संस्थागत पहिचानलाई अझ मजबुत बनाउने’ बताएकी छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नवीकरणीय ऊर्जामा दुई दशकको यात्रा

विसं २०५९ मा स्थापना भएको अपि पावर कम्पनी अहिले नेपालका निजी ऊर्जा उत्पादक कम्पनीहरूमध्ये अग्रपंक्तिमा रहेको छ। कम्पनीले अहिलेसम्म ५६.५ मेगावाट जलविद्युत र ६ मेगावाट सौर्य विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिसकेको छ। कम्पनीले आफ्नो पहिलो ठूलो सफलता दार्चुलाको ८.५ मेगावाट नौगड गाढ जलविद्युत आयोजना केवल १७ महिनामा सम्पन्न गरेर देखाएको थियो । जसले नेपालका दुर्गम क्षेत्रहरूमा बिजुली पुर्‍याउने ऐतिहासिक काम गरेको थियो।

विस्तार र विविधीकरणको दिशा

हाल कम्पनीले दार्चुलामा ८ मेगावाटको अप्पर नौगड गाढ र ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीले यसबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्दै आएको आएको छ।

त्यस्तै कम्पनीले ऊर्जा मिश्रणको सरकारी नीतिअनुसार सौर्य ऊर्जा क्षेत्रमा पनि उल्लेखनीय लगानी गरेको छ। कम्पनीका चन्द्रनिगाहपुर (४ मेवा), ढल्केबर (१ मेवा) र सिमरा (१ मेवा) सौर्य आयोजना सञ्चालनमा छन् भने परवानीपुर (८ मेवा) सौर्य आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्।

लगानी र सहायक कम्पनीहरू

अपि पावरले जलविद्युत क्षेत्रमा लगानी विस्तार गर्दै विभिन्न कम्पनीहरूमा साझेदारी गरेको छ। कम्पनीको २५% लगानी रहेको ९.७ मेगावाट माथिल्लो इङ्गवा खोला जलविद्युत आयोजना (पाँचथर) संचालनमा छ, जसको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत रहेको छ।

त्यसैगरी कम्पनीले ५९.६७% सेयर खरिद गरी नियन्त्रणमा लिएको सूर्यकुण्ड हाईड्रोइलेक्ट्रिक लिमिटेडबाट नुवाकोटको ११ मेगावाट माथिल्लो तादी खोला आयोजना सफलतापूर्वक सञ्चालनमा ल्याएको छ, र अब यस कम्पनीको सेयर पनि सर्वसाधारणका लागि सार्वजनिक निष्कासनको अन्तिम तयारीमा छ।

nic asia capital

अपि पावरले दार्चुला पावर लिमिटेडको बहुमत सेयर खरिद गरी २८.३०४ मेगावाटको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जुन २० महिनाभित्र सम्पन्न हुने लक्ष्य राखेको छ।

त्यसका अतिरिक्त कम्पनीले नुवाकोटको त्रिशुली गल्छी (३० मेवा) र दार्चुलाको न्वागाढ (९.७ मेवा) जलविद्युत आयोजनाको सर्वेक्षण गरिरहेको छ।

कम्पनीले आफ्नो २१औं वार्षिक साधारण सभाको निर्णयअनुसार काठमाडौँको नयाँबानेश्वरमा अपि टावर निर्माण गर्ने निर्णय गरेको हो। भवनमा अपि पावर कम्पनी र यसको सहायक कम्पनीहरूका कार्यालय रहनेछन्।

कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले भने, ‘अपि टावर केवल भवन होइन, यो हाम्रो लगानीकर्ताहरूको साझा सम्पत्ति हो — जसले कम्पनीमा पारदर्शिता, स्थायित्व र विश्वासको नयाँ अध्याय सुरु गर्नेछ।’ उनका अनुसार यो भवन आफ्नै लगानीमा बन्ने निजी ऊर्जा उत्पादक कम्पनीहरूमध्ये दुर्लभ उदाहरण हो।

कम्पनीका अधिकारीहरूका अनुसार अपि पावरले आगामी वर्षहरूमा जलविद्युत र सौर्य दुवै क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने योजना बनाएको छ। कम्पनि अध्यक्ष सिर्जना खड्का भन्छिन्, ‘हाम्रो लक्ष्य केवल विद्युत उत्पादनमा सीमित छैन, हामी दीगो ऊर्जा प्रवर्द्धन, लगानीकर्ताको हित सुरक्षा र देशको ऊर्जा आत्मनिर्भरता सुनिश्चित गर्न प्रतिबद्ध रहने छौं।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?