काठमाण्डौं । आगामी दिनमा कुनै घर बनाउँदा २० प्रतिशत क्षेत्रफल पार्किङका लागि छुट्याउनु पर्ने भएको छ । यो व्यवस्था काठमाडौं महानगरले लागू गरेको हो भने यसको कार्यन्वयन आगामी वैशाख १ गतेदेखि लागू हुनेछ ।
त्यस्तै, महानगरका अनुसार चार आनाभन्दा बढी जग्गामा घर बनाउँदा कसल क्षेत्रफलको २० प्रतिशत क्षेत्रमा अनिवार्य पार्किङ बनाउनुपर्ने भएको हो । भवन निर्माण मापदण्ड २०८० तथा भवनसंहितामा नै सो व्यवस्था रहेको छ ।
जो कोहीले पार्किङको व्यवस्था गर्दा सडकको क्षेत्राधिकारमा नपर्ने गरी सेटब्याकमा पर्ने जग्गाको क्षेत्रफल समेत प्रयोग गर्न पाइने उक्त संहितामा उल्लेखित छ।
संरक्षित स्मारक उपक्षेत्रमा भने यो मापदण्ड लागू नहुने भन्दै महनगरले पार्किङका लागि सडकको क्षेत्राधिकारभित्र नपर्ने गरी सेड ब्याकमा पर्ने जग्गाको क्षेत्रफल समेत प्रयोग गर्न पाइनेछ बताएको छ।
यता व्यवसायिक प्रयोजनका लागि उपयोग गरिएका भवनहरुले भने आफ्नो लागि पार्किङको व्यवस्था आफै गर्नुपर्ने महानगरको निर्देशन छ।































