National life

‘जो बेसहारा, महानगरको अभिभारा’ अभियानसहित नयाँ घोषणा

महानगर, प्रहरी र आश्रमबीच सहकार्य: सडक मानव व्यवस्थापनमा एकीकृत योजना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२६ जेठ २०८३, मङ्गलबार
1.3kShares
‘जो बेसहारा, महानगरको अभिभारा’ अभियानसहित नयाँ घोषणा
ncell

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो कार्यक्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त सहरको रूपमा घोषणा गरेको छ। सोमबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘जो बेसहारा, काठमाडौँ महानगरपालिकाको अभिभारा’ भन्ने नारासहित उक्त घोषणा गर्नुभएको हो।

अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महानगरपालिकाले नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय र मानव सेवा आश्रमसँग सहकार्य गर्ने सहमति गरेको छ। भविष्यमा सडक वा सार्वजनिक स्थलमा भेटिने सहयोगापेक्षी व्यक्तिहरूको उद्धार, संरक्षण र व्यवस्थापनलाई व्यवस्थित बनाउन सम्पर्क, समन्वय र एकीकृत प्रणालीमार्फत काम गरिने लक्ष्य राखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्झौतामा महानगरका तर्फबाट कार्यवाहक प्रमुख डङ्गोल, नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्की, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल तथा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गर्नुभएको छ।

कार्यक्रममा बोल्दै डङ्गोलले काठमाडौँलाई सांस्कृतिक मात्र नभई मानवतामूलक सहरको रूपमा स्थापित गर्ने उद्देश्यले यो घोषणा गरिएको बताउनुभयो। पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि मानवता प्रवर्द्धनमा सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो।

महानगरपालिकाले २०७४ सालदेखि मानव सेवा आश्रमसँग सहकार्य गर्दै वार्षिक करिब दुई करोड रुपैयाँ खर्च गर्दै आएको छ। यसैबीच, मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा सञ्चालित ‘मेची–महाकाली अभियान’ को पनि समापन गरिएको घोषणा गरिएको छ, जसअन्तर्गत १९७ जना सहयोगापेक्षीको उद्धार तथा व्यवस्थापन गरिएको जानकारी दिइएको छ।

कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, कलाकार मदनकृष्ण श्रेष्ठ तथा संस्कृतिविद् डा. गोविन्द टण्डनलगायतले पनि आफ्ना धारणा व्यक्त गर्नुभएको थियो। साथै, सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि एक समन्वय समिति गठन गरी नियमित बैठक, कार्यक्रम सञ्चालन तथा स्रोत व्यवस्थापन गरिने जनाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?