National life

काठमाडौँ महानगरको २५ अर्बभन्दा बढी बजेट प्रस्ताव, आन्तरिक आम्दानीमा भर

प्रस्तावित बजेटमध्ये करिब २५ अर्ब १३ करोड रुपैयाँ सञ्चित कोषमार्फत खर्च हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०४ असार २०८३, बिहिबार
1.2kShares
काठमाडौँ महानगरको २५ अर्बभन्दा बढी बजेट प्रस्ताव, आन्तरिक आम्दानीमा भर
ncell

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब २५ अर्ब ८८ करोड रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ।

बिहीबार नगरसभामा कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेटसँगै कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गरेकी हुन्।

प्रस्तावित बजेटमध्ये करिब २५ अर्ब १३ करोड रुपैयाँ सञ्चित कोषमार्फत खर्च हुने र बाँकी ७५ करोड रुपैयाँ अन्य शीर्षकमा व्यय हुने जानकारी दिइएको छ। चालू आर्थिक वर्षमा महानगरले करिब २५ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आगामी वर्षका लागि आन्तरिक आय र बैंक मौज्दातबाट झण्डै २० अर्ब १८ करोड रुपैयाँ जुट्ने अनुमान गरिएको छ भने संघीय र प्रदेश सरकारबाट अनुदान तथा राजस्व बाँडफाँटमार्फत करिब ४ अर्ब ९३ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। साथै, जनसहभागिताबाट करिब १ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?