National life

त्रिदेवी मन्दिरको जग्गा मिचेर बनाइएको संरचनामा चल्यो काठमाडौँ महानगरको डोजर

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०७ वैशाख २०८३, सोमबार
1.5kShares
त्रिदेवी मन्दिरको जग्गा मिचेर बनाइएको संरचनामा चल्यो काठमाडौँ महानगरको डोजर
ncell

काठमाडौं। काठमाडौं महानगरपालिकाले ठमेलस्थित त्रिदेवी मन्दिर क्षेत्र वरपर सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउन थालेको छ।

महानगरको टोलीले सोमबार सुरक्षाकर्मी र डोजरको सहयोगमा मन्दिर आसपास लामो समयदेखि बनाइएका अवैध संरचनाहरू हटाएको हो। यी संरचनाले मन्दिरको खुला वातावरण र पैदल आवागमनमा अवरोध पुर्‍याउँदै आएको बताइएको छ ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको त्रिदेवी मन्दिर परिसरमा गरिएको यो कारबाहीपछि क्षेत्र अझ खुला र व्यवस्थित बनेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्पदा संरक्षणमा चासो राख्नेहरूले महानगरको यो कदम सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार पुरातात्विक तथा धार्मिक स्थलहरूको संरक्षण र व्यवस्थापनका लागि यस्ता अभियान आवश्यक छन्।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?