National life

कजारिया टायल्सले फेसबुक लाइभमार्फत ‘लक्की ड्र’ बम्पर विजेता घोषणा ग¥यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२७ कात्तिक २०८२, बिहिबार
1KShares
कजारिया टायल्सले फेसबुक लाइभमार्फत ‘लक्की ड्र’ बम्पर विजेता घोषणा ग¥यो
ncell

काठमाडौं । नेपालको सबैभन्दा भरोसायोग्य र प्रिमियम टायल ब्रान्डमध्ये एक, कजारिया टायल्सले आफ्नो उपभोक्ता योजना “कजारिया संगै गृह प्रवेश, घुमौं देश विदेश!” को सफल समापन गर्दै बम्पर पुरस्कार विजेताको घोषणा एक फेसबुक लाइभ मार्फत ग¥यो।

गत दुई महिनादेखि सञ्चालनमा रहेको यस राष्ट्रव्यापी उपभोक्ता योजनाअन्तर्गत, कजारिया टायल्सका ग्राहकहरूले रोमाञ्चक पुरस्कार जित्ने अवसर पाएका थिए। १००० वर्गफुट वा सोभन्दा बढी कजारिया टायल्स खरिद गर्ने ग्राहकहरू दैनिक लक्की ड्रका लागि योग्य ठहरिएका थिए, जसमा जम्मा ४८ विजेताहरूलाई boAt को स्मार्टवाच प्रदान गरिएको थियो। तर, यस योजनाको सबैभन्दा आकर्षक पक्ष भने बम्पर पुरस्कार थियो, एक जोडीका लागि पूर्ण स्पोन्सर्ड सिङ्गापुर क्रुज यात्रा।

Royal Enfield
nic asia capital

लामो प्रतीक्षापछि भएको यो घोषणा फेसबुक लाइभ मार्फत गरिएको थियो, जसले सयौँ सहभागीहरू र दर्शकहरूलाई उत्साहका साथ जोड्यो। सो कार्यक्रमको सञ्चालन एक ऊर्जावान होस्टले गरेकी थिइन् भने, कार्यक्रमलाई कजारिया रमेश टायल्स लि।का निर्देशक तथा मुख्य सञ्चालन अधिकृत श्री र ब्रान्ड एम्बासडर, प्रसिद्ध अभिनेत्री श्री दिव्या रायमाझीले शोभा बढाएका थिए।

कार्यक्रमका क्रममा कजारिया रमेश टायल्स लि.का निर्देशक तथा मुख्य सञ्चालन अधिकृतले ग्राहकप्रति हार्दिक आभार व्यक्त गर्दै भने,“कजारिया टायल्सप्रति तपाईंहरूले देखाउनुभएको माया र विश्वासका लागि हामी सबै अत्यन्तै आभारी छौं। यही विश्वासले हामीलाई अझ उत्कृष्ट गुणस्तर र आकर्षक डिजाइन प्रस्तुत गर्न प्रेरित गर्छ। हामी हाम्रो सम्मानित ग्राहकहरूसँग यो खुसीको क्षण बाँड्न पाउँदा अत्यन्त खुशी छौं।”

त्यस्तै, ब्रान्ड एम्बासडर श्री दिव्या रायमाझीले पनि आफ्नो उत्साह व्यक्त गर्दै भनिन्,“यति प्रतिष्ठित र प्रिमियम ब्रान्डको ब्रान्ड एम्बासडरको रूपमा कजारिया परिवारको हिस्सा हुन पाउँदा मलाई गर्वको अनुभूति भएको छ। म हाम्रा भाग्यशाली विजेताको लागि पनि निकै उत्साहित छु, जसले अब कजारियासँग एउटा अविस्मरणीय क्रुज यात्रा अनुभव गर्नेछन्।”

अन्ततः, धेरै प्रतीक्षित क्षण आयो र बम्पर पुरस्कार विजेता घोषणा गरियो चितवनकी योजीना गुरुङ, जसले उपहार मार्बल पसल, चितवनमार्फत कजारिया टाइल्स खरिद गरेकी थिइन् उनी नै बनिन सिङ्गापुर क्रुज यात्राको भाग्यशाली विजेता।
यस घोषणासँगै सम्पूर्ण नेपालभरका कजारिया ग्राहकहरू र साझेदारहरूबीच उत्साह र खुशीको वातावरण सिर्जना भयो, जसले यो अभियानको सफल समापनलाई चिनायो।

कजारिया टायल्सले विजेतालाई हार्दिक बधाई ज्ञापन गर्दै सबै सहभागी ग्राहकहरूलाई पनि मनदेखि धन्यवाद व्यक्त गरेको छ। ब्रान्डले आफ्नो प्रतिवद्धता दोहो¥याउँदै भन्यो, कजारिया टायल्स सधैं उत्कृष्ट गुणस्तर, नवीन डिजाइन र ग्राहकहरूका लागि सन्तोषजनक अनुभव प्रदान गर्न प्रतिबद्ध छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?