National life

कजारिया टायल्सको 'मैसन मिट २०२४’ सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ मंसिर २०८१, मङ्गलबार
569Shares
कजारिया टायल्सको 'मैसन मिट २०२४’ सम्पन्न
ncell

काठमाडौं । नेपालको सबै भन्दा ठुलो साथै भारतको नम्बर वान टायल्स कजारिया टायल्सले हालै काठमाडौँमा ‘मैसन मिट २०२४’ सम्पन्न गरेको छ ।

१५० जना भन्दा बढी राजमिस्त्रीहरु सहभागी रहेको उक्त मिटमा भारतबाट समेत प्रशिक्षक ल्याई नेपाली प्राविधिकहरूसंग उच्च गुणस्तर र नयाँ प्रविधिको बारेमा गहन छलफल गराइएको थियो। मैसन मिटको उद्धेश्य राजमिस्त्रीहरुलाई निर्माण अभ्यासको ज्ञान दिने र ब्रान्ड चेतनाको बारेमा छलफल गर्ने रहेको थियो । सो मिटमा कजारिया ब्राण्डको गुणस्तर, नयाँ प्रविधि र मूल्यको समेत जानकारी दिइएको थियो ।

Royal Enfield
nic asia capital

कम्पनीले आफ्ना ग्राहक तथा उपभोक्ता, डिलर तथा निर्माण विज्ञहरुलाई प्राथमिकतामा राखेको बताउँदै स्थानीयस्तरमा घर तथा आवासहरुको निर्माणमा योगदान गरिरहेका निर्माण राजमिस्त्रीहरुसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखी यो कार्यक्रमको आयोजना गरेको हो ।

अर्थतन्त्रलाई मजबुत बनाउनको लागि राजमिस्त्रीको उल्लेखनिय भूमिका रहेकोले सुरक्षित आवास निर्माण सम्बन्धमा तालिम तथा अन्तरक्रिया कार्य प्रति यस काजरिया रमेश टायल्स सधै नै सजक रहेको छ। तसर्थ काठमाडौँबाट शुरु भएको यो मैसन मिट छिट्टै नै नेपाल अधिराज्यभरका कम्तिमा पनि १६ ठाउँहरुमा समेत गरिदै छ।

कार्यक्रमलाई सम्बोधन गर्दै काजरिया रमेश टायल्सका कन्ट्री हेड प्रवीन सिंहले भने, ‘मानिसले घर बनाउँदा आफू र आफ्नो परिवारको सुरक्षालाई केन्द्रमा राख्ने हुनाले उपयुक्त तथा गुणस्तरिय निर्माण सामाग्रीको छनौटका साथ साथै दक्ष जन शक्तिको पनि त्यत्तिकै महत्व पूर्ण भूमिका रहन्छ’ ।

काजरिया रमेश टायल्स नेपालको प्रमुख व्यापारिक तथा औद्योगिक समूह रमेश कर्प र भारतको कजारिया सिरामिक्स लिमिटेडको संयुक्त लगानीमा २ वर्ष अगाडी नवलपरासीमा खुलिएको कम्पनी हो। कजारिया रमेश टायल्स नेपालको एक मात्र ठूलो सिरामिक र भिट्रिफाइड टाइल निर्माता कम्पनी हो।

गुणस्तर र नवप्रवर्तनमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्यका साथ, काजरिया रमेश टायल्स विश्वस्तरीय उत्पादनहरू प्रदान गर्न प्रतिबद्ध छ।

यो समाचार शेयर गर्नुहोस्
569SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?