काठमाडौ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले काठमाडौंको वचन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई शाखा स्तरको उत्कृष्ट बचत र ऋण सहकारी घोषणा गरेको छ ।बैंकले आफ्नो २१औं वार्षिक साधारण सभाको अवसरमा यस्तो घोषणा गरेको हो ।
राष्ट्रिय सहकारी बैंकले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा पुरस्कार तथा सम्मानको घोषणा गर्ने गरेको थियो । तर यस वर्ष भने बैंकले साधारण सभाको अवसरमा पुरस्कार वितरण गरेको हो ।उक्त कार्यक्रममा वचन सहकारीका प्रमुख कार्यकारी अधिकृत डा. देश मर्दन बस्न्यात,सचिव मनोहरी तिवारीको समेत उपस्थिती रहेको थियो।
राष्ट्रिय सहकारी बैंकले यस वर्ष सातै प्रदेशमा प्रदेश स्तरीय पुरस्कार समेत वितरण गर्ने घोषणा गरेको छ । शाखा स्तरका पुरस्कारहरू शाखास्तरीय कार्यक्रमहरूमा वितरण गरिने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले दिए ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रमकाने उद्धाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका अध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव डा. खगराज शर्मा, बैंकका सल्लाहकार मिनराज कंडेल लगायतका प्रतिष्ठित अतिथिहरूको उपस्थिति रहेको थियो।
निरन्तर १५ बर्षदेखी आफ्ना बचतकर्ता तथा ऋणीहरुको मन जित्दै आएको वचन सहकारीको कात्तिक मसान्त सम्मको तथ्यांक अनुसार हाल सहकारीको शेयर चुक्ता पुँजी ४ करोड २१ लाख रहेको छ। त्यस्तै,यस अवधिमा संस्थाको जगेडा कोषमा २ करोड ४४ लाख ,अन्य कोषमा १ करोड ४ लाख रहेको छ।






































