National life

चन्द्रागिरी हिल्सको खुद नाफा बढ्यो,अधिकांश सूचकमा प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ वैशाख २०८२, शनिबार
868Shares
चन्द्रागिरी हिल्सको खुद नाफा बढ्यो,अधिकांश सूचकमा प्रगति
ncell

काठमाडौं। चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिसम्म आइपुग्दा कम्पनीले १० करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको भन्दा ०.८३ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्षको यसैअवधिमा यस कम्पनीले १० करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस समिक्षा अवधिमा कम्पनीको आम्दानी ८.९७ प्रतिशतले घटेर ६३ करोड ५१ लख रुपैयाँमा आएको छ । गत वर्ष यसैअवधिमा यस कम्पनीले ६९ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

१ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिजर्भ कोषमा ३ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०९ पैसा र प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ४९ पैसा छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
868SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?