National life

पश्चिमी वायुको प्रभाव: देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुन सक्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०१ जेठ २०८३, शुक्रबार
1.1kShares
पश्चिमी वायुको प्रभाव: देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुन सक्ने
ncell

काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा नजिकको न्यून चापीय प्रणालीको प्रभाव देखिएकाले मौसममा बदलीको अवस्था कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ।

केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसोतिर पनि यिनै प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली कायम रहने र कतिपय स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली रहने र केही स्थानमा वर्षा तथा हिमपात जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?