काठमाडौँ। लगातार ५ दिनदेखि बढिरहेको सुनको मूल्यमा आज गिरावट आएको छ । अघिल्लो दिन बुधवार २१ सय रुपैयाँले बढेको सुनको मूल्य आज २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ३३५ रुपैयाँ कायम भएको छ ।


































