National life

भगवती हाइड्रोपावरको वैदेशिक रोजगारीमा रहेकाकाे लागि विक्री गरेको आइपीओ बाँडफाँड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ साउन २०८०, बिहिबार
594Shares
भगवती हाइड्रोपावरको वैदेशिक रोजगारीमा रहेकाकाे लागि विक्री गरेको आइपीओ बाँडफाँड
ncell

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा विक्री गरेको आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा असार २४ गतेदेखि साउन १४ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा असार २४ गतेदेखि साउन ७ गतेसम्म आइपीओ विक्री गरेको थियो ।

कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १६ रूपैयाँ थप गरी प्रतिकित्ता ११६ रूपैयाँमा आईपीओ विक्री गरेको हो । आयोजना प्रभावित स्थानीयमा जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रूपैयाँको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार ५०० रूपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता आइपीओ विक्री गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि विक्री गरिने शेयरको १० प्रतिशतले हुन आउने ८५ लाख ८१ हजार १०० रूपैयाँ बराबरको ८५ हजार ८१० कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको हो ।

आयोजना प्रभावित स्थानीयमा जारी गरिएको आइपीओ खरीदका लागि आवेदन दिएका सम्पूर्ण आवेदकहरूलाई सम्पूर्ण कित्ता आईपीओ बाँडफाँड गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री गरिएको आइपीओ भने ८ हजार ५८१ जना आवेदकहरूले १० कित्ताका दरले बाँडफाँड गरिएको हो ।

कम्पनीकाे विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेकाे छ ।

 

यो समाचार शेयर गर्नुहोस्
594SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?