National life
cg eloctronics

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ वैशाख २०८१, आइतबार
620Shares
भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो
muktinatha bikash bank

नयाँ दिल्ली । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । सन् २०२४ मा प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो ।

शनिबार पत्रकार सम्मेलन गर्दै उपभोक्ता विभाग सचिव निधि खरेले आजबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको बताए । सचिव खरेका अनुसार यस वर्ष रवि सिजनमा भारतमा प्याज उत्पादन बढेको र आगामी सिजनमा पनि बढी उत्पादन हुने अपेक्षा गरिएको छ । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएसँगै नेपालमा अब प्याजको मूल्य केहि सस्तिने व्यवसायीले बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3

सरकारी अनुमान अनुसार हाल १९१ लाख टन प्याज उत्पादन भएको छ भने भारतमा प्रतिमहिना १७ लाख टन प्याज खपत हुने गरेको छ । सरकारले सन् २०२३ को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतमा प्याज निर्यातमा प्रतिबन्धका कारण मूल्य नियन्त्रणमा आएको थियो । –बीबीसी

everest bank
यो समाचार शेयर गर्नुहोस्
620SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?