National life
cg eloctronics

मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी रास्वपाबाट हटाइयो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ भदौ २०८१, मङ्गलबार
796Shares
मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी रास्वपाबाट हटाइयो
muktinatha bikash bank

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

रास्वपाको केन्द्रीय समितिको आज बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो । यस अगाडि ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

ढकालले दुवै पटक जवाफ दिँदा सभापति रवि लामिछाने माथि नैतिकताको प्रश्न उठाएका थिए । लामिछानेको नैतिक धरातल नरहेको र उनी ‘ठग’ भएको प्रमाणित आफूले गर्न सक्ने पत्र रास्वपालाई ढकालले पठाएका थिए ।

२५ असारमा बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो । ३५ दिन भित्र कारबाही उपर पुनरावलोकन गर्ने अवधि दिइए पनि ढकालले पुनरावेदन गरेनन् । आफू माथिको कारबाही वैधानिक नरहेको उल्लेख गर्दै ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
796SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?