National life
cg eloctronics

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा ५१ करोडभन्दा बढी, यस्ता छन् बैंकका वित्तीय सूचक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ वैशाख २०८२, आइतबार
500Shares
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा ५१ करोडभन्दा बढी, यस्ता छन् बैंकका वित्तीय सूचक
muktinatha bikash bank

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा बैंकले ५१ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको चैतसम्म यस बैंकले ५१ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ६३ करोडबाट बढेर १ अर्ब ९३ करोड पुगेको छ । ४ अर्ब ८७ करोड ५७ लाख १ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको १ अर्ब ९४ करोड रुपैयाँ जगेडा कोषमा जम्मा छ । समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्ज ३७ करोड १८ लाखबाट बढेर ६७ करोड ६९ लाख पुगेको छ ।

बैंकको प्रति शेयर आम्दानी १४.०६ रुपैयाँ छ । त्यस्तै प्रति शेयर नेटवर्थ १४७.७८ रुपैयाँ छ । यस अवधिमा बैंकको लाभांश वितरण क्षमता ३८ करोड ७१ लाख रुपैयाँ छ । उक्त रकमबाट यस बैंकले १०.५९ प्रतिशत लाभांश वितरण गर्न सक्दछ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
500SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?