काठमाडौँ। नेपाली बजारमा (आज) मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य आजसम्मकै उच्च हो ।
यसअघि सुनको मूल्य गत फागुन ३० गते हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १६ डलरले बढ्दै ३ हजार १३ डलर पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको मूल्यको प्रभाव नेपाली बजारमा देखिएको हो । आज यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५० रुपैयाँ कायम भएको छ।






































