काठमाडौं। दशैं नजिकिँदा गाउँ फर्किने लर्को लाग्दा धेरैले हवाई मार्ग रोज्दै आएका थिए। तर एयरलाइन्सको दोब्बर भाडाले गर्दा अधिकांशले सडक मार्ग रोज्न थालेका छन्।
सरकारी कार्यालय र विद्यालयहरु छुट्टी हुने तयारी थालेसँगै दैनिक करिब ४० हजार मानिसले काठमाडौं छोड्दैछन्। तर सडकको दुरावस्थाका कारण धेरैले सहज र छिटो यात्रा गर्न हवाई मार्ग रोज्दै आएका छन्।
नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)का अनुसार सरकारले २०७३ सालमा तोकेको भाडादर अहिलेसम्म लागु रहेको छ। उच्चतम र न्यूनतम भाडा तोकिएको भएकाले यात्रु चाप बढी हुने दशैंमा एयरलाइन्सहरूले उच्चतम भाडा लिने गरेका छन् । क्यानले आन्तरिक उडानलाई ट्रङ्क, टूरिस्ट र स्टोल समूहमा विभाजन गरी भाडा तोकेको छ। इन्धन, सेवा शुल्क र १३% भ्याट भाडामा समावेश हुन्छ।
मुख्य गन्तव्यका दशैं भाडा :
-
काठमाडौं–धनगढी : न्यूनतम ७,९००, अधिकतम १६,००० रुपैयाँ
काठमाडौं–सुर्खेत : न्यूनतम १०,०००, अधिकतम १६,००० रुपैयाँ
काठमाडौं–नेपालगञ्ज : न्यूनतम ७,५००, अधिकतम १३,२६४ रुपैयाँ
काठमाडौं–भद्रपुर : न्यूनतम ८,९००, अधिकतम १२,२५९ रुपैयाँ
काठमाडौं–विराटनगर : न्यूनतम ६,५००, अधिकतम ९,९०३ रुपैयाँ
काठमाडौं–भैरहवा : ८,००० रुपैयाँ
काठमाडौं–पोखरा : न्यूनतम ४,४००, अधिकतम ६,७१० रुपैयाँ
काठमाडौं–जनकपुर : न्यूनतम ४,५००, अधिकतम ५,५३५ रुपैयाँ


































