National life

आत्मनिर्भरता नारामै सीमित : छ महिनामै साढे २० अर्बको धानचामल आयात

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०८ माघ २०८२, बिहिबार
1KShares
आत्मनिर्भरता नारामै सीमित : छ महिनामै साढे २० अर्बको धानचामल आयात
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालले धान तथा चामल आयातमा करिब साढे २० अर्ब रुपैयाँ खर्च गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा २० अर्ब ३८ करोड ६५ लाख रुपैयाँ बराबरको धान र चामल आयात भएको हो।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा यस वर्ष धानचामल आयातमा १ अर्ब २८ करोड रुपैयाँभन्दा बढी वृद्धि देखिएको छ। अघिल्लो वर्षको पहिलो छ महिनामा नेपालले १९ अर्ब ९ करोड ९६ लाख रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको थियो।

Royal Enfield
nic asia capital
यस आधारमा आयात मूल्य करिब ०.७३ प्रतिशतले बढेको विभागले जनाएको छ।

विभागको तथ्यांक अनुसार चालु आव पुससम्म बासमती चामल आयात उल्लेख्य रूपमा बढेको छ। यस अवधिमा ४ अर्ब २७ करोड १२ लाख रुपैयाँ बराबरको बासमती चामल आयात भएको छ, जबकि गत वर्ष सोही अवधिमा यसको आयात ३ अर्ब ७६ करोड ७३ लाख रुपैयाँमा सीमित थियो। त्यसैगरी अन्य अर्धपालिस तथा पूर्ण पालिस गरिएका चामलको आयात पनि उल्लेख्य रूपमा बढेको छ। गत वर्ष ४ अर्ब ९० करोड ५६ लाख रुपैयाँ बराबरको यस्तो चामल आयात भएकोमा यस वर्ष बढेर ६ अर्ब २ करोड ६ लाख रुपैयाँ पुगेको छ।

साथै, प्रशोधित चामलको आयात बढिरहँदा धान आयातमा भने सामान्य गिरावट देखिएको छ। गत वर्षको पहिलो छ महिनामा नेपालले १० अर्ब ४२ करोड ४४ लाख रुपैयाँ बराबरको २७ करोड ५५ लाख किलो धान आयात गरेको थियो। तर चालु आवको सोही अवधिमा धान आयात मूल्य घटेर ९ अर्ब ८७ करोड ९ लाख रुपैयाँमा सीमित भएको छ भने परिमाण पनि २७ करोड ७ लाख किलोमा झरेको छ।

यसैगरी बिउका लागि प्रयोग हुने धानको आयातमा भने उल्लेख्य वृद्धि देखिएको छ। गत वर्ष ६ महिनामा बिउका लागि जम्मा ६० किलो धान आयात हुँदा त्यसका लागि मात्र ४ हजार रुपैयाँ खर्च भएको थियो। तर चालु आवको सोही अवधिमा बिउका लागि धान आयात बढेर २२ लाख ८३ हजार रुपैयाँ पुगेको छ।

कनिका आयातमा पनि अस्वाभाविक वृद्धि देखिएको छ। गत वर्षको पहिलो छ महिनामा १७ लाख ५४ हजार रुपैयाँ बराबरको कनिका आयात भएकोमा यस वर्ष ५३ लाख ३० हजार किलोभन्दा बढी परिमाणको २२ करोड ७ लाख ६८ हजार रुपैयाँ बराबरको कनिका नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

आयात मूल्य उल्लेख्य रूपमा बढे पनि सरकारको राजस्व संकलन भने घटेको छ। गत वर्ष धान तथा चामल आयातबाट १ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष घटेर १ अर्ब ४४ करोड २६ लाख रुपैयाँमा खुम्चिएको छ। मुलुकभित्र कृषि उत्पादन बढाउने सरकारी नीति र घोषणाबीच पनि मुख्य खाद्यान्नमै आयात निर्भरता झन् बढ्दै जानुले अर्थतन्त्रमा थप चुनौती सिर्जना गरिरहेको देखिन्छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?